त्रिकोणात्मक टी-२० सिरिजः मलेसिया र पीएनजी भिड्दै

डिसी नेपाल
१८ चैत २०७८ ११:०८
68
Shares

काठमाडौं। काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी २० अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज शुक्रबार मलेसिया र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो खेल १२ः ३० बजे सुरु हुनेछ ।

आज मलेसिया दोस्रो जित निकालेर फाइनल यात्रा सुरक्षित गर्न चाहन्छ,भने पीएनजी अहिले सम्म खेलेको सबै खेलमा पराजय भएको कारण पहिलो जित दर्ता गर्न चाहन्छ। मलेसियाले २ खेलमा २ अंक जोडेको छ । पीएनजीले ३ खेलमा अंक विहीन रहेको छ।

सिरिज अन्तर्गत नै भएको पहिलो भेटमा मलेसियाले पीएनजीलाई ८ रनले हराएको थियो।जारि सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन् ।नेपाल लगातार तीन खेल जितेर फाइनल पुगिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *