म कुनै पार्टीमा प्रवेश गरेको छैनः दीपकराज गिरी

डिसी नेपाल
१८ चैत २०७८ २१:४५
32
Shares

काठमाडौं । कलाकार दीपकराज गिरीले आफू कुनै पार्टीमा नलागेको बताएका छन् ।

गिरीले आफू माओवादीमा प्रवेश भएको समाचारको हेडलाइन आएको र त्यसलाई हेरेर फोन र म्यासेज आएर हैरान भएको उनले बताएका छन् ।

शुक्रबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गिरी माओवादीमा प्रवेश भनेको हेडलाइन मात्रै हेरेर फोन र म्यासेज आएर हैरान परेको उनले लेखेका छन् ।

‘म कहिँ गा छैन म कुनै एक पार्टीको होइन सबै पार्टीको हूँ, गिरीले लेखेका छन् ।

केही समय अघि उनले माओवादीको पक्षमा एक स्टाटस लेखेका थिए । पछिल्लो समय कलाकारहरुको पार्टी प्रवेशको चर्चा चलिरहेको प्रसंगसँग उनको नाम जोडिएर समाचारहरु आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.