जर्मनी र स्पेन एकै समूहमा, यस्तो छ तालिका

डिसी नेपाल
१९ चैत २०७८ ८:१७
1.7k
Shares

काठमाडौं। कतार विश्वकप २०२२ मा जर्मनी र स्पेन एकै समूहमा परेका छन् । दुबै टोली समूह ‘इ’ मा छन् । कतारको दोहास्थित ‘दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टर’ मा भएको ड्रमा फिफा छनोट भएका ३२ टोलीलाई आठ समूहमा विभाजन गरेका छ । ड्र अनुसार आयोजक कतारसँगै समूह ‘ए’ इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स छन् ।

विश्वकप यसै वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतार विभिन्न सहरहरुमा आयोजना हुदैछ ।

विश्वकप ड्रः

समूह ‘ए’- इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स

समूह ‘बी’- इङ्ल्यान्ड, इरान, संयुक्त राज्य अमेरिका र युरोपियन प्लेअफ टिम

समूह ‘सी’- अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड

समूह ‘डी’- फ्रान्स, युएई–अस्ट्रेलिया र पेरुमध्येको प्लेअफ विजेता, डेनमार्क, ट्युनिसिया

समूह ‘इ’- स्पेन, जर्मनी, जापान र कोस्टा रिका र न्युजिल्यान्ड प्लेअफको विजेता

समूह ‘एफ’- बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया

समूह ‘जी- ब्राजिल, सर्विया, स्विट्जरल्यान्ड र क्यामरुन

समूह ‘एच’- पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *