मलेसियाले टस जित्यो, नेपाल ब्याटिङ गर्दै

डिसी नेपाल
१९ चैत २०७८ १२:२७
36
Shares

काठमाडौं।त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज ९सनिबार० मलेसियाले नेपालको सामना गर्दैछ ।कीर्तिपुरस्थित टियु मैदानमा मलेसियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ ।

खेलमा नेपालले एक परिवर्तन गरेको छ । सोमपाल कामीलाई आराम दिँदै कमल सिंह ऐरीलाई सुरुवाती एघारमा स्थान दिइएको छ । आजको खेलमा पराजित भए मलेसिया फाइनल खेल्नबाट बन्चित हुनेछ । यता, नेपाल तीन खेलमा ६ अंक जोड्दै यसअघि नै फाइनल प्रवेश गसिसकेको छ ।

नेपाल र मलेसियाबीचको खेलले फाइनल प्रवेश गर्ने अर्को टोलीको टुङ्गो लगाउने छ ।नेपालले मलेसियालाई हराए पपुवा न्यु गिनी(पिएनजी) फाइनल प्रवेश गर्नेछ । नेपाललाई हराएमा भने मलेसिया फाइनल प्रवेश गर्नेछ । फाइनल खेल सोमबार हुनेछ ।

पिएनजीले शुक्रबार मलेसियालाई हराउँदै फाइनल प्रवेश सम्भावना जीवित राखेको छ ।दोस्रो स्थानको पिएनजी र तेस्रो स्थानको मलेसियाको समान २ अंक छ । नेपालले पिएनजीविरुद्धको दुवै खेल जितेको थियो भने मलेसियलाई एक खेलमा पराजित गरेको थियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *