देउवा र मोदीले संयुक्तरुपमा गरे चार परियोजनाको उद्घाटन

डिसी नेपाल
१९ चैत २०७८ १४:१०
68
Shares

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले आज चारवटा परियोजनाको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

भारतको हैदरवाद हाउसमा नेपाल–भारत उच्चस्तरीय बैठक सम्पन्न भएपछि उनीहरुले त्यहींबाट भर्चुअल रुपमा चार वटा परियोजनाको उद्घाटन गरेका हुन् ।

संयुक्त रुपमा उद्घाटन गरिएका परियोजनामा भूकम्पपछि पुनर्निर्माण भएका १३२ वटा स्वास्थ्य चौकी, नेपाल र भारतबीच रुपी कार्ड सञ्चालन, ९० किलोमिटर लामो १३२ केभीको सोलु करिडोर प्रसारण लाइन र कुर्था–जयनगर ३५ किलोमिटर रेल सेवा रहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.