भारतमा विद्युत निर्यात गरेर नेपालले आर्थिक प्रगति गर्नसक्छः भारतीय प्रधानमन्त्री मोदी

डिसी नेपाल
१९ चैत २०७८ १५:४४
60
Shares

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतमा विद्युत निर्यात गर्ने योजनाले नेपालको आर्थिक प्रगतिमा ठूलो योगदान पुग्ने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले पञ्चेश्वर परियोजनालाई गति दिन दुवै देशका प्रधानमन्त्री सहमत भएको जनाउँदै विद्युत निर्यातले नेपालको अर्थतन्त्रमा सुधार आउने समेत मोदीले बताएका हुन् ।

‘भारतीय कम्पनीद्वारा नेपालको विद्युत परियोजनामा अझ धेरै भागेदारीका विषयमा सहमति व्यक्त गरेका छौं,’ मोदीले हैदरावाद हाउसबाट भने, ‘अब नेपालले भारतका लागि विद्युत निर्यात गर्दैछ, यसले नेपालको आर्थिक प्रगतिमा योगदान दिनेछ ।’

नेपालमा ‘रुपे’को कार्डको सुरुवातपछि आर्थिक कनेक्टीभिटी नयाँ अध्याय सुरु भएको जनाउँदै मोदीले अरु नेपाल प्रहरी प्रतिष्ठान, नेपालगञ्जको एकीकृत चेकपोष्ट र रामायण सर्किटले दुवै देशलाई थप नजिक जोड्ने उनले जनाए ।

देउवासँग व्यापार र क्रस बोर्डर कनेक्टिभिटीलाई प्राथमिकता दिने विषयमा जोड गरेको उल्लेख गर्दै जयनगर–कुर्था रेललाइनको उद्घाटन सुरुवाती मात्रै भएको मोदीको भनाइ छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.