दाङमा निर्मित चलचित्र ‘झिल्के’को ट्रेलर सार्वजनिक हुँदै

डिसी नेपाल
१९ चैत २०७८ १८:२२
484
Shares

दाङ । मोफसलबाट उदाएका निर्देशक सुदन थापाको निर्देशनमा बनेको चलचित्र ‘झिल्के’ सार्वजनिक हुने तयारीमा रहेको छ ।

दंगालीहरुकै लगानीमा दाङकै पर्यटकिय स्थलमा छायांकन गरिएको चलचित्र ‘झिल्के’को ट्रेलर यसै साता सार्वजनिक गर्ने तयारी रहेको छ । लामो समय देखि दाङमा रहि चलचित्र निर्देशन गरेका सुदन थापा मोफसलका उदयमान युवा निर्देशक हुन् ।

झिल्केमा ग्रमीण परिवेशको गरीबी र अभाबग्रस्त युवाको जीवनकथालाई कलात्मक ढंगले उठान गरिएको निर्माण पक्षले दाबी गरेको छ ।

चलचित्रमा अभाव र बाध्यताले आफ्ना इच्छा र चाहनालाई कुण्ठीत गर्दै बिदेशिनु परेको युवाको कष्टप्रद जीवनलाई उजागर गर्ने प्रयत्न गरिएको बताइएको छ । चलचित्रमा बिदेशीएको युवाको सपना र उसको दबित रहेको आकांक्षालाई कारुणीक ढंगले प्रस्तुत गरिएको निर्माण पक्षको भनाइ छ ।

थापाकै लेखन निर्देशन रहेको चलचित्रमा उनको आफ्नै अभिनय समेत रहेको छ । चलचित्रमा पछिल्लो समय सामाजिक सञ्जाल टिकटकबाट चर्चामा आएकी लक्ष्मी थापाको मुख्य भुमिका रहेको छ र बालकलाकारको भुमीकामा ११ बर्षीय मिरिद्धीया महराको अभिनय रहेको निर्देशक थापाले बताए ।

कम लगानी र अत्यावश्यकिय स्रोत साधनको अभावमा समेत मोफसलबाट सही कथावस्तुसहित सामाजिक यथार्थता उजागर गर्ने उदेश्यले निर्माण गरिएको उक्त चलचित्र दाङकै भुमीमा छायांकन गरिएको निर्माण पक्षको भनाइ छ ।

फिल्ममा दाङकै कलाकारहरु नवीन डागी, बाबुराम डागी, निता पुन, रोजन रोका, मनोज राना, रुचा मगर, अर्जुन हमाल, गोपाल नेपाली, विजय सुनार, गणेश सुनारको अभिनय रहेको निर्देशक थापाले बताए ।

दाङलाई फिल्म नगरीकोरुपमा विकास गरि कम बजेट र प्रबिधिको अभाबमा समेत स्तरिय चलचित्र बनाइएको चलचित्र युनिटले बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.