३०.८९ अङ्कले घट्यो नेप्से, परिसूचक २५१३ बिन्दुमा
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । आइतबार नेप्से परिसूचक ३०.८९ अङ्कले घटेर २ हजार ५१३.४१ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ४६ करोड ७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
कारोबारका आधारमा सूर्या लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । यस कम्पनीको ९ करोड ७२ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ७ सय रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : सिद्धार्थ इन्स्योरेन्स कम्पनी र नबिल बैंकको कारोबार भएको छ ।
आइतबारको सेयर बजारमा तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर बजारमा सूचीकृत भएसँगै सकारात्मक सर्किट लागेका राष्ट्र उत्थान लघुवित्त संस्था, इमर्जिङ्ग नेपाल र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज १० प्रतिशत बढेर सर्किट लागेको हो ।
यि कम्पनीका लगानीकर्ताले अधिक कमाएका छन्। यस्तै, युनाइटेड इदी मादी आरबी हाइड्रोपावर रसूर्या लाइफ इन्स्योरेन्स र सिम्लिङ्ग पावरका लगानीकर्ताले अधिक गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment