केबी साम टेबलटेनिस भोलिदेखि

डिसी नेपाल
२० चैत २०७८ २३:२२
32
Shares

काठमाडौं । काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा केबी साम ११ औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुष र महिला एकल सहित विभिन्न ३२ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष धर्ममान बज्राचार्यले जनाए

३ सय ५० खेलाडीको सहभागिता रहने छ । पुरुषरमहिला एकलमा मात्र नगद पुरस्कार राखिएको छ । विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रोले १५र१५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबारसम्म चल्ने छ ।

‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा साथ हुन लागेको प्रतियोगिता यसअघि माघ १ देखि ८ गतेसम्म हुने भनिएकोमा कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनका कारण स्थगित गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *