आइपीएल: चेन्नईको लगातार तेस्रो हार
काठमाडौं। पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ।
मुम्बईमा आइतबार राति पन्जाबले दिएको १८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा सबै विकेट गुमाउँदै १२६ रनमा समेटिएको हो।
चेन्नईका शिवम डुबेले सर्वाधिक ५७ रन बनाए। पन्जाबका राहुल चाहरले ३ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनायो।
पन्जाबका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ६० रन बनाए। चेन्नईका क्रिस जोर्डन र ड्वाने प्रिटोरिउसले २-२ विकेट लिए। जितसँगै पन्जाबले तीन खेलबाट दोस्रो जित निकालेको छ । पन्जाबले ३ खेलबाट ४ अंक जोडेको छ । चेन्नईले ३ खेलमा अंक जोड्न सकेको छैन।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment