६ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२१ चैत २०७८ १०:४१
256
Shares

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार छापावाला सुन प्रति तोला ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज ६ सयले घटेर प्रति तोला ९८ हजार ७ सय रुपैयाँ रहेको पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको ९८ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य भने प्रति तोला १ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। आइतबार चाँदी प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.