आईपीएलः हैदरावाद र लखनउबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । इन्डीयन प्रिमियर लिग (आईपीएल)मा आज एक खेल हुँदै छ । आज हुने खेलमा सनराइजर्स हैदरावाद र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँनेछ । खेल साँझ ७ः ४५ मा मुम्बईस्थित डीवाई पाटिल रंगशालामा हुनेछ।
हैदरावादको यो दोस्रो खेल हो । यसअघि भएको खेलमा राजस्थान रोयल्ससँग ६१ रनले पराजित भएको थियो । त्यसैले आजको खेलमा लखनउलाई पराजित गर्दै पहिलो जित निकाल्ने दाउमा हैरावाद रहेको छ। हैदरावाद अंक तालिकाको अन्तिम स्थानमा रहेको छ ।
लखनउ भने हैदरावादलाई हराउँदै दोस्रो जित निकाल्न चाहान्छ । यसअघि २ खेल खेलेको लखनउले १ खेलमा जित र १ खेलमा पराजित हुँदै २ अंकका साथ तालिकाको छैठौं स्थानमा रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment