६ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखियो
काठमाडौँ। समयमै काम सम्पन्न नगर्ने ६ निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौंले चैत्र २१ गतेदेखि लागु हुने गरी ६ वटा निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखिएको हो।
कालो सूचीमा पर्ने कम्पनीमा टीबीईए इनर्जी (इन्डिया) प्रालि र पीपी इन्डस्ट्रिज प्रालि रहेको छ। यी दुवै कम्पनीलाई ३ वर्षको लागि कालो सूचीमा राखिएको छ ।
यस्तै गरि चिराग कन्ट्रक्सन, कर्णाली विल्डर्स, फैजल एन्ड अफजल कन्ट्रक्सन, कुशलदेव निर्माण सेवा र तितुङ कन्ट्रक्सन प्रालि कालो सूची परेको छ। यी कम्पनीलाई १/१ वर्षका लागि कालोसूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ ।
उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने अनुगमन कार्यालयले जनाएको छ ।








डिसी नेपाल








Facebook Comment