४६.४६ अङ्कले घट्यो नेप्से परिसूचक, दुई कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि

डिसी नेपाल
२२ चैत २०७८ १५:३०
96
Shares

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ । मंगलबार नेप्से परिसूचक ४६.४६ अङ्कले घटेर २ हजार ४५२.०६ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ६७ करोड १२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा हाइड्रो डिस्टिलरी अग्रस्थानमा रहेको छ । यस कम्पनीको ९ करोड ६७ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ३ हजार ६ सय ८२ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्सको कारोबार भएको छ ।

आइतबारको सेयर बजारमा दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा राष्ट्र उत्थान लघुवित्त संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज १० प्रतिशत बढेर सर्किट लागेको हो ।

यि कम्पनीका लगानीकर्ताले अधिक कमाएका छन्। यस्तै, इमर्जिङ्ग  नेपालको र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले अधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.