राष्ट्रपतिद्वारा एसिड आक्रमणकारी विरुद्धको सहित पाँचवटा अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज निष्क्रिय भएका ५ वटा अध्यादेश पुनः ब्युताएकी छन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेश यसबीचमा संसदमा पेश भए पनि संसदले कानून बनाउन नसकेकाले अध्यादेश निष्क्रिय हुँदा तेजाब आक्रमणबाट पीडित प्रभावित भएका थिए ।








डिसी नेपाल








Facebook Comment