बेलायती क्रिकेट क्लबमा नेपाली प्रशिक्षक

डिसी नेपाल
२३ चैत २०७८ ६:२१
116
Shares

लन्डन। बेलायतस्थित प्रतिष्ठित क्रिकेट क्लबमा एक जना नेपालीले प्रशिक्षकको रुपमा काम गर्ने अवसर पाएका छन्। योर्कशारस्थित फ्रिक्ली कोलियरी क्रिकेट क्लबले एक विज्ञप्ति जारी गर्दै ३२ वर्षीय आकाश रावल अण्डर–११ तर्फको प्रशिक्षकमा नियुक्त भएको घोषणा गरेको हो। डिस्टिक लिगतर्फ ३ सिनियर र ४ जुनियर टोलीले खेलिरहेको सो क्लब योर्कशार क्षेत्रको डिभिजन वानको र्‍याङकिङमा रहेको छ।

नेपालमा कैलाली, टीकापुर घर भएका रावल सन् २०२० देखि क्लबको पहिलो टिम अन्तर्रगत टप अडरको ब्याचम्यानको रुपमा खेल्दै आएका छन्। उनले सन् २००९ मा बेलायतको सरे एण्ड मिडिलसेक्स लिगमा आइजलवर्थ कल्वबाट ‘योङ प्लेयर अफ दी इयर’ को टाइटल जितेका थिए।

उनले सन् २०१४ मा स्टेनहाउसमियर क्रिकेट कल्वबाट डिभिजन वान खेलमा लिग तर्फको पहिलो टाइटल हात पारेका थिए। उनले सन् २०१८ मा स्टर्लिङ कल्वबाट प्रिमियर लिगमा १८७ रन बनाएर सर्वाधिक रेकर्ड कायम गर्ने खेलाडीको रुपमा आफ्नो नाम लेखाउन सफल भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *