नयाँ सारथी लघुवित्तको सेयरमा मूल्य समायोजन

डिसी नेपाल
२३ चैत २०७८ १०:१९
40
Shares

काठमाडौँ। नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको सेयरमा मूल्य समायोजन भएको छ। संस्थाको १९ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो।

मूल्य समायोजनपछि संस्थाको सेयर भाउ १ हजार ७४ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ। यस अघि नेप्सेमा संस्थाको अन्तिम सेयर कारोबार १ हजार २ सय ७८ रुपैयाँ २० पैसामा भएको थियो।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १ प्रतिशत नगद लाभांश दिने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.