बुधबार घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

डिसी नेपाल
२३ चैत २०७८ १०:५३
496
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला ९८ हजार ५ सय रुपैयाँ रहेको पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको ९८ हजार रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य भने प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो। सोमबार चाँदी प्रति तोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.