फलफूलको ‘नर्सरी’ व्यवसायबाट दैनिक २० हजार कमाउँछिन् उषा

डिसी नेपाल
२३ चैत २०७८ ११:१५
160
Shares

काठमाडौं। युवापुस्तामा विदेशको मोह बढ्दो छ। अमेरिका, युरोपदेखि खाडी मुलुकसम्म नेपाली युवा रोजगारीका क्रममा पुग्ने गरेका छन्।

मुलुकमा रोजगारी नभएको भन्दै दैनिक युवा विदेश पलायत हुने क्रम चलिरहेका बेला कतिपयले भने मुलुकभित्रै श्रम गर्न सके कमाउन विदेश जानु पर्दैन भन्ने उदाहारण पेश गरेका छन्। तीनै मध्येकी हुन् उषा खड्का।

मोरङकी उषा भने डेनमार्कको सुन्दर अवसर छाडेर नेपालमा फलफूलको नर्सरी सञ्चालनमा होमिएकी छिन्। नेपाली समाजमा अहिले पनि कामको विभेद हुने गरेको छ। कामलाई सानो–ठूलोमा बर्गीकरण गर्ने हाम्रो समाजको गलत मान्यतालाई चिर्दै उषाले फूलका नसर्री सञ्चालन गरेकी छिन्।

काठमाडौंको मध्य वानेश्वरस्थित देवीनगरमा आठ आना जग्गा भाडामा लिएर नर्सरी व्यावसाय सुरु गरेकी उषासँग नर्सरीका विभिन्न कथाहरु छन्। नर्सरीको सुन्दर र वासनादार फूलको नर्सरीमा नमिठा अनुभवहरु पनि उनको स्मृतिमा ताजा बनेर बेला–बेलामा आउँछन्।

यसअघि अध्ययनको सिलसिलामा डेनमार्क पुगेकी उषाले अध्ययन पूरा भएपछि नेपाल मै केही गरौँ भन्ने उद्देश्यका साथ स्वदेश फर्केकी थिइन्। नेपाल आएपछि विभिन्न स्थानहरुमा जागीर पनि खाएकी थिइन्। तर जागीरको सामान्य तलबले घर धान्न पनि मुस्किल भएपछि उनले आफ्नै लगानीमा आफैं व्यवसायी बन्ने प्रण गरिन्।

विभिन्न ठाउँहरुमा गरेको कामहरु भनेजति सफल नभएपनि कामका अनुभवले उनलाई धेरै नै पाठ सिकाएको थियो। त्यसैले उनले ‘नेचर फ्लाइ नर्सरी’ को नामबाट फलफूलको नर्सरी व्यवसाय सुरु गरिन्।

तर व्यवसायको सुरुवात गरेको केही महिना मै विश्वव्यापी महामारी कोरोना भाइरसका कारण देश नै लकडाउनको अवस्थामा पुग्यो। त्यसपछि उनलाई लगानी पनि नउठ्ने हो कि भन्ने पिरले सताइरहन्थ्यो। तर उनको कर्मको निरन्तरता र मेहेनतले अहिले उनलाई सफल उद्यमी बनाएको छ।

तीन वर्ष अघि सुरु भएको व्यवसायमा करिब २० लाख लगानीबाट सुरु गरेको उनी बताउँछिन्। उनी हाल मध्य वानेश्वरस्थित देवीनगरमा श्रीमान र छोरासँगै बस्दै आएकी छिन्। उनी भन्छिन्, ‘सानो परिवारको लागि यस पुष्प व्यवसायले घर खर्च र घर भाडा तिरेर आफ्नो छोरालाई उच्च शिक्षा दिन पुग्ने आम्दानी भएको छ।’

कुनै बेला २० हजार तलबले घर धान्न मुस्किल भएको अवस्थामा अहिले उनको दैनिक २० हजारसम्मको आम्दानी हुँदा उनी हर्षित छिन्।
उनी भन्छिन्, ‘महिना २० हजारसम्म कमाउन गाह्रो हुन्थ्यो तर अहिले व्यवसाय राम्रोसँग चल्न थालेपछि दैनिक जसो नै २० हजारसम्मको आम्दानी हुन्छ।’

खड्काको नर्सरी अन्य भन्दा आधुनिक तरिकाले निमार्ण गरिएको छ। सो नर्सरीमा अहिले उनले आफ्नो परिवार मात्र पालेकी छैनन्। उनले एकजनालाई रोजगारी पनि दिएकी छिन्।

नर्सरीमा फुलेका थरिथरिका फलेका ढकमक्क फूलहरु र साना बोटमा फलेका फलफुल हेर्दा मनलाई नै फरुङ्ग बनाउने गर्दछ। विभिन्न फुलहरुको रंग र बास्नादार फलफुल देख्दा जो कोहीलाई पनि आकर्षण गर्दछ।

उनका अनुसार अहिले फलफूल र सिजनको विभिन्न फूलका विरुवाका माग दिन प्रति दिन बढिरहेको छ। र बिरुवाको महत्व मान्छेहररुले पहिलेको भन्दा निकै बुझ्न थालेका छन्। उनको नर्सरीमा उत्पादन भएको बिरुवाहरु उपत्यकामा मात्र नभई देशका सबै ठाउँका मानिसहरु आउने गरेको पाइन्छ।

ग्राहकहरुको माग रुची, र ‘अर्डर’ अनुसार बाहिरी क्षेत्रमा पनि सेवा दिने गरेका उनी बताउँछिन्।कुनै पनि क्षेत्रबाट अनुदान नलिई आफ्नै लगानीबाट सुरु गरेको उनको भनाइ छ। कुनै बिरुवाहरु आफैंले पनि उर्माने र कुनै बिरुवाहरुको विउ बिदेशबाट पनि ल्याउने गरेको उनले बताइन्।

मिजासिलो स्वभावकी  उषाको विरुवाको मुल्यहरुपनि एकदमै सामान्य रकममा प्राप्त गर्न सकिन्छ। नर्सरीमा उत्पादन हुने विभिन्न प्रकारका बिरुवाहरु प्रतिगोटा २० रुपैयाँ देखि २ हजार सम्मको पाइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.