रुपन्देहीकाे सिद्धार्थनगरमा गठबन्धनको तालमेल

डिसी नेपाल
२३ चैत २०७८ १२:०२
100
Shares

भैरहवा। रुपन्देहीको सिद्धार्थनगरमा सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने भएका छन्।

कांग्रेस जिल्ला कार्यालय भैरहवामा बसेको सत्ता गठबन्धनमा आबद्ध पाँचदलको बैठकले चुनावी गठबन्धनको आवश्यकता ठहर गर्दै र सोका लागि नगर र वडातहसम्म नै गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेका हुन्।

सिद्धार्थ नगर नगरपालीकामा स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने कांग्रेस नगर सभापति कोशीसबहादुर खड्काले भने।

बैठकले नगरमा गठबन्धनको लागि चार बुँदे निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ नगर नगरपालिकाका सबै वडामा समेत तालमेल गर्ने निर्णय भएको कांग्रेस नगर सचिव अनिल केसीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.