सत्तारुढ गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बालुवाटारमा जारी
काठमाडौं । आगामी निर्वाचनमा चुनावी गठबन्धनको मोडालीटी तय गर्न सत्तारुढ गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा समितिका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहित समितिका सदस्यहरू सहभागी छन् ।
बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट प्रमुख सचेतक देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल उपस्थित छन् ।बैठकले विभिन्न जिल्लामा स्थानीय निर्वाचनको तालमेलबारे भइरहेका कामहरूको समीक्षा गर्दै चुनावी तालमेलको रणनीतिक तयारी गर्ने बताइएको छ । बैठकमा मुख्यतः महानगरपालिकाहरुको प्रमुख र उपप्रमुख बाँडफाँडबारेपनि छलफल हुने बताइएको छ ।







डिसी नेपाल








Facebook Comment