गुणस्तरीय स्वास्थ्य सेवा विकासको पहिलो सर्त होः प्रधानमन्त्री देउवा

डिसी नेपाल
२३ चैत २०७८ २१:३६
12
Shares

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अध्ययन अनुसन्धानलाई प्रवद्र्धन गरी मुलुकका लागि आवश्यक दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन आवश्यक रहेको बताएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौँ सभामा उनले प्रतिष्ठानले गण्डकी प्रदेशका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै सहज र सुलभरूपमा चिकित्सा शिक्षाको अध्ययन अध्यापनको अवसरसमेत प्रदान गर्दै आएको उल्लेख गरे।

विसं २०१३ सालमा स्थानीय तहमा सोल्जर बोर्ड अस्पतालका रूपमा स्थापना भएको उक्त अस्पताल ५०० शय्यामा स्तरोन्नति भएको छ ।

प्रधानमन्त्री देउवाले भने, “प्रतिष्ठानले चिकित्सा शास्त्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानका रूपमा समेत आफूलाई उभ्याउन सकेकोमा मलाई खुसी लागेको छ ।”

गुणस्तरीय स्वास्थ्य सेवा विकासको पहिलो सर्त भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले स्वस्थ र निरोगी नागरिकबाट नै मुलुकको आर्थिक सामाजिक रूपान्तरण सम्भव रहेको बताए ।

प्रतिष्ठानले आम जनसमुदायलाई पु¥याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट सङ्क्रमितहरूको परीक्षण र उपचारका लागि यस प्रतिष्ठानले पु¥याएको सेवा प्रशंसनीय रहेको उल्लेख गरे ।

प्रतिष्ठानलाई आवश्यक पर्ने सहयोग निरन्तररूपमा उपलब्ध गराउन सरकार सकारात्मक रहेको बताउँदै उहाँले पूर्वाधारहरूको विकास गरी अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन सुझाव दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.