प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमा मूल्य समायोजन, कति पुग्यो भाउ ?

डिसी नेपाल
२४ चैत २०७८ ९:१३
28
Shares

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको ७ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो।

सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ६ सय २ रुपैयाँ ८० पैसा निर्धारण भएको छ। यस अघि नेप्सेमा कम्पनीको सेयर कारोबार ६ सय ४५ रुपैयाँमा भएको थियो।

कम्पनीले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट आफ्नो लगानीकर्तालाई ७ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.१० प्रतिशत नगद लाभांश दिने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.