पाँच सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९९ हजार रुपैयाँ कायम भएको छ।
बुधबार प्रति तोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला ९९ हजार रुपैयाँ रहेको पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको ९८ हजार रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य भने प्रति तोला १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। बुधबार चाँदी प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment