सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा जलसानसँगको सहकार्यमा ‘स्टुडेन्ट मिट २०२२’ सम्पन्न
काठमाडौँ। सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा. ली ले यहि मिती २०७८ चैत्र २२ गते जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (जलसान) सँगको सहकार्यमा ‘विद्यार्थी भेटघाट २०२२’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा जलसानसँग आवद्य ४० भन्दा बढि ‘एजुकेसनल कन्सल्टेन्सी’हरु मार्फत जापान जान लागेका २०० भन्दा बढि विद्यार्थीको सहभागिता रहेको थियो ।
सोहि कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा जापान जान लागेका विद्यार्थीहरुलाई जापानी संस्कृतीको बारेमा जानकारी दिनुको साथसाथै जापान पुगे पश्चात आफुले मिहेनत गरेर कमाएको पैसा बैंकिङ्ग च्यानल मार्फत मात्र पठाउन हुन उत्प्रेरित गरे।
यसको साथसाथै उक्त कार्यक्रममा हाल जापान बसेर सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान कम्पनी लिमिटेडमा दर्ता भएका १० भाग्यशाली विजेताहरुलाई सिटी आयो पुरस्कार ल्यायोू योजना अन्तर्गत जनही रु १०,००० (रु दश हजार) पुरस्कार विधुतीय लक्की ड्र सिस्टम मार्फत बिजेता घोषणा पनि गरिएको थियो । सिटी एक्सप्रेसले जलसान सँगको सहकार्यमा जापानमा अध्ययनरत विधार्थीहरुको लागि हरेक वर्ष पुरस्कार प्रदान गर्ने योजना समेत बनाएको छ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।







डिसी नेपाल








Facebook Comment