प्रसिद्ध गीतकार माया गोविन्दको निधन
काठमाडौं । बरिष्ठ गीतकार माया गोविन्दको निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी उनको बिहीबार बिहान साढे ९ बजे निधन भएको छ । उनी ८२ वर्षकी थिइन् र विगत दुई वर्षदेखि बिरामी थिइन् ।
यसै वर्ष जनवरीमा उनलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । उनका छोरा अजयले आज दिउँसो ३ बजे मुम्बईको विले पार्ले वेस्टस्थित पवन हंस शवदाह गृहमा अन्तिम संस्कार गरिने बताए । मायाले ३५० भन्दा बढी चलचित्रका लागि गीत लेखेकी छिन् । उनका गीतमा प्रसिद्ध गायक गायिकाहरू लता मंगेशकर, किशोर कुमार, आशा भोसले, अलका याग्निक, उदित नारायण लगायतले स्वर दिएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment