आईपीएल : लखनउको तेस्रो जित

डिसी नेपाल
२५ चैत २०७८ ६:४२
44
Shares

काठमाडौं। दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्सले जित निकालेको छ।

बिहीबार दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍याे। लखनउको जितमा क्विन्टन डी ककले सर्वाधिक ८० बनाए। यस्तै कप्तान केएल राहुलले २४ रनको योगदान गरे ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १४९ रनको योगफल तयार पारेकाे थियाे। दिल्लीका पृथ्वी शले सर्वाधिक ६१ रन बनाए। यस्तै ऋषव पन्तले ३९ र सर्फराज खानले ३६ रनको योगदान गरे।

जितसँगै लखनउले ४ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । दिल्ली ३ खेलबाट २ अंक जोडेर सातौं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *