अपि पावरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री खुल्ला

डिसी नेपाल
२५ चैत २०७८ ९:५६
184
Shares

काठमाडाैं। अपि पावर कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर आज (चैत २५ गते) देखि बिक्री खुल्ला भएको छ। कम्पनीले १:०.३९३६ अनुपातमा प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्व ८ करोड ६० लाख रुपैयाँ बराबरको हकप्रद सेयर खुल्ला गरेको हो।

कम्पनीले उक्त हकप्रद सेयर जारी गर्न चैत १४ गते बुक क्लोज गरिसकेको छ । यस अनुसार चैत १३ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद सेयर भर्न पाउने छन्। यस हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल रहेका छन्। यस हकप्रद सेयरमा लगानीकर्ताले बैशाख १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

यस हकप्रद सेयरमा लगानीकर्ताले मुक्तिनाथ क्यापिटल लिमिटेड, अपी पावर कम्पनी लिमिटेडको केन्द्रिय कार्यलय, मुक्तिनाथ विकास बैंकका इटहरी, पोखरा नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज,धनगढी अत्तरिया शाखा कार्यलयहरु, ग्लोबल आईएमई बैंकका बैतडी गोकुलेश्वर,दार्चुला, डडेल्धुरा, महेन्द्रनगर, धनगढी, अत्तरिया शाखा कार्यलयबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.