उपकार लघुवित्तको २ लाख ३६ हजार २५० कित्ता आइपिओ बिक्री खुल्ला, न्युनतम १० कित्ता भर्न सकिने

डिसी नेपाल
२५ चैत २०७८ १०:२८
112
Shares

काठमाडौं। उपकार लघुवित्त वित्तीय संस्थाको २ लाख ३६ हजार २५० कित्ता आइपिओ आज (चैत २५ गते)देखि आउने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुल्ला गरेको हो।

कम्पनीले जारी गर्ने आइपिओमध्ये ५ प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सामुहीक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । भने, बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जनाएको छ।

यस आइपिओमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्टले गर्ने भएको छ। लगानीकर्ताले यस आइपिओमा छिटोमा  चैत २९ गतेसम्म र ढिलोमा वैशाख ९ गतेसम्म आवेदन दिन सकिनेछ ।  लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ। इक्रा नेपालले यस आईपीओलाई ‘इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.