सुनको मूल्य ९९ हजार पाँच सय रुपैयाँ
काठमाडौँ। सुनको भाउ शुक्रबार पाँच सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ।
यसअघि, बिहीबार सुन तोलाको ९९ हजारमा किनबेच भएको थियो। शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार निर्धारण भएको छ।
चाँदीको भाउ भने २१ रुपैयाँले बढेको छ। बिहीबार एक हजार तीन सय ३४ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँ निर्धारण भएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment