सबैतिर तालमेल गरेर जाने निर्णय भयोः प्रचण्ड
काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन् । आज काठमाडौंमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले आज बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताएका हुन् ।
उनले भने “मुख्य रुपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ । सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो ।” अर्को एक फरक प्रसङ्गमा उनले भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको बताए । उहाँले भन्नुभयो, “छलफलबाट निकास निकाल्छौँ । केही समस्या छैन ।”
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment