सुदूरपश्चिममा नेकपा एसका मन्त्रीले सामूहिक राजीनामा दिने

डिसी नेपाल
२५ चैत २०७८ १९:०७
448
Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी एकीकृत समाजवादी पार्टीका मन्त्रीले सामूहिक राजीनामा दिने भएका छन् ।

प्रदेश सरकारमा नेपाली कांग्रेसबाट पनि मन्त्री चयन गरेर केन्द्रले सर्कुलर पठाएपछि समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिन लागेका हुन् ।

हाल समाजवादी पार्टीले ४ मन्त्री र ३ राज्य मन्त्री पाएको थियो । तर, केन्द्रबाट आएको सर्कुलर अनुसार समाजवादीले पाएका दुई मन्त्री र एक राज्य मन्त्री बाहिरिनु पर्नेछ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्ण जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र सामाजिक विकास राज्य मन्त्री मनाकुमारी साउँदको ठाउँमा कांग्रेसका मन्त्री आउने भएपछि समाजवादी पार्टीले सामूहिक राजीनामा दिन थालेको हो ।

हाल आन्तरिक मामिला तथा कानुन मन्त्री रहेकी एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य पूर्ण जोशीले हाल सामूहिक राजीनामा दिएर पछि सरकारमा जाने बताइन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.