सुदूरपश्चिममा भ्रष्टाचार अभियोग लागेपछि राजीनामा दिएका मन्त्रीलाई अर्थमन्त्रीको जिम्मेवारी दिइँदै

डिसी नेपाल
२५ चैत २०७८ १९:३३
376
Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री पनि फेरिने भएका छन् । हाल एकीकृत समाजवादी पार्टीबाट तारालामा तामाङ आर्थिक मामिला तथा योजना मन्त्री रहेका छन् ।

तर, अब उनको सट्टामा एकीकृत समाजवादी पार्टीकै प्रदेशसभा सदस्य प्रकाश रावललाई सो मन्त्रालयको जिम्मेवारी दिन लागिएको श्रोतले जनाएको छ ।

एकीकृत समाजवादी पार्टीले बहालवाला आर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङलाई राजीनामा समेत दिन लगाएको छ ।

नयाँ मन्त्री हुन लागोका प्रकाश रावल यसअघि उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री भएका थिए । तर, भ्रष्टाचार अभियोग लागेपछि उनले राजीनामा दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.