कांग्रेसको प्रवास समन्वय प्रचार–प्रसार उपसमिति गठन

डिसी नेपाल
२६ चैत २०७८ २१:११
16
Shares

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा प्रचार–प्रसार अभियानलाई व्यापक बनाउन नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख ((आनन्द) विष्टको संयोजकत्वमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार–प्रसार उपसमिति गठन गरेको छ ।

कांग्रेसको स्थानीय तह निर्वाचन प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतको सभापतित्वमा बसेको समितिको बैठकले प्रवासमा रहेका नेपालीमार्फत आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा प्रचार गर्न सो उपसमिति गठन गरेको जनाएको छ ।

उपसमितिमा विभिन्न देशमा रहेका कांग्रेसका नेपाली जनसम्पर्क समितिका सभापति तथा सदस्य गरी ८४ सदस्य रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनकारी दिए । यसैगरी उक्त उपसमितिअन्तर्गत गौतम दाहालको संयोजकत्वमा १३ सदस्यीय प्रवास मिडिया समन्वय सञ्जालसमेत गठन गरिएको उनले बताउनुभयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.