आज सेयर बजार बन्द

डिसी नेपाल
२७ चैत २०७८ १०:१३
68
Shares

काठमाडौं – आज (आइतबार) सेयर बजार बन्द  रहने छ । सरकारले  राम नवमीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आज नेप्से कारोबार बन्द हुने भएको हो।

गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा आइतबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।

अब सेयर बजार सोमबार बिहान ११ बजे खुल्नेछ। बिहिबार नेप्से सूचक ३५.६९ अंकले बढेर २४६४.३५ बिन्दुमा पुगेर रोकिएको थियो । कुल २ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.