शशांकको निर्वाचन खर्च ६ करोडः उनी निकट नेताहरु भन्छन्–इमान्दार र क्रान्तिकारी नेताले सत्य बोल्छन्

डिसी नेपाल
२७ चैत २०७८ १३:०१
536
Shares

काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाको एउटा अभिव्यक्तिले निकै चर्चा पाएको छ।

शनिवार काठमाडौंमा भएको नेपाल विद्यार्थी संघ इलाम-काठमाडौं सम्पर्क समितिको कार्यक्रममा बोल्दै कोइरालाले अहिलेको निर्वाचन निकै महँगो भएकाले खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको बताएका थिए।

उनले पहिलो पटक २०६४ को संविधानसभा निर्वाचनमा ८० हजार, दोस्रो पटकको संविधानसभा निर्वाचनमा ३ करोड र तेस्रो पटक २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा ६ करोड खर्च भएको बताएका थिए। उनी नवलपरासीबाट प्रतिनिधित्व गर्छन्।

उनको यो अभिव्यक्ति सार्वजनिक भएसँगै अहिले सामाजिक सञ्जाल निकै तातेको छ। उनको पक्ष र विपक्षमा नेता कार्यकर्तादेखि सत्तापक्ष र प्रतिपक्षका नेताहरुले सकारात्मक÷नकारात्मक दुबै टिप्पणी गरेका छन्।

उनको यो भनाइले सामान्य आर्थिक हैसियत भएका नेता कार्यकर्ता निर्वाचनमा कसरी भाग लिँदैछन्? पार्टीमा दुख गरेका आर्थिकरुपमा सवल नरहेका नता कार्यकर्ताको भोलिको भविष्य कस्तो हुँदै छ? भन्ने जटिल प्रश्न उब्जिएको छ।

देश अहिले स्थानीय तह निर्वाचनको सन्निकटमा रहेको छ। अघिल्ला निर्वाचनहरुको आँकडा हेर्दा पनि उम्मेद्वारहरुले भड्किलो खर्च गरेको विषय निकै बहसको विषय बनेको थियो। तर निर्वाचन ताका मात्र यो विषयले चर्चा पाउने र केही समय पछि आफैं हट्ने विषयबस्तु बनेको छ।

नेता तथा जनप्रतिनिधिले हतपत्त आफ्नो चुनावी खर्च सार्वजनिक गरेको पाइँदैन। सार्वजनिक गरेपनि सामान्य खर्च मै चुनावमा होमिएको बताउँछन्। तर कोइरालालो आफ्नो चुनावी खर्च सार्वजनिक रुपमै बताएपछि वास्तममै इमान्दार र सामान्य कार्यकर्तालाई चुनावमा लड्न निकै गाह्रो रहेको प्रष्ट हुन्छ।

तर उनको यो भनाइमा धेरैले सत्यता रहेको धेरैले टिप्पणी गरेका छन्। कतिपयले वडाअध्यक्षको उम्मेदवार हुँदा नै करोडौँ खर्च हुने भएकाले संसदीय निर्वाचनमा यतिको खर्च हुनु स्वभाभिक ठानेका छन्। कतिपयले राजनीतिमा छलछाम भन्दा पनि इमान्दरिता दर्शााएको बताएका छन्। र कोइरालाको भनाइ आजको राजनीतिको यथार्थता रहेको बताएका छन्।

कोइराला परिवारसँग नजिक रहेका नेता बालचन्द्र पौडेल पनि नेपालको इतिहासमा कोइराला परिवारले कहिले जनतालाई भ्रममा नपारेको र सधैं सत्य बोलेको बताउँछन्। ‘भलै डा.सावले कुन सन्दर्भ र कुन ठाउँमा बोल्नु भयो त्यो आफ्नो ठाउँमा छ। तर सत्य बोल्नु भएको हो। त्यसमाथि उहाँ विपीको छोरा हुनुहुन्छ। कहिले झुट बोल्नु हुन्न। इमान्दारी र क्रान्तिकारी नेताले सधैं सत्य बोल्छन्। त्यसकारण अहिलेको निर्वाचन हाम्रो भन्दा पनि पैसाको नियन्त्रणमा गएको अवस्थामा उहाँले बोल्नु भएको कुरा एकदमै बहसको विषय बनेको छ।’

पौडेलले भने, ‘चुनावी खर्चको विषय निकै जटिल बन्दै गएको अवस्था छ। देशका ठूला नेताहरुले बोल्ने हिम्मत गर्न सकेको छैन।डा.कोइरालाले हिम्मत गर्नु भयो र वास्तवमा नेपाली राजनीतिको यथार्थ पनि यही हो। त्यसकारण उहाँको उक्त भनाइ राजनीति गर्ने सबै इमान्दार नेता र कार्यकर्ताको पक्षमा हो।’ पौडेल रसुवा जिल्लाका पूर्व सभापति हुन्।

कोइराला निकट कै इलाम कांग्रेसका नेता तथा महाधिवेशन प्रतिनिधि संजिव ढकाल पनि कोइरालाको सो अभिव्यक्तिले सामान्य र निष्ठावान कार्यकर्ताको आवाजको प्रतिनिधित्व गरेको बताउँछन्। उनी भन्छन् ̔नेपालमा संसदीय व्यवस्थाको जग बसाउने नै कोइराला परिवार हुन्।संसदीय व्यवस्था कायम गर्न कोइराला परिवारको इतिहाँस जति गर्विलो छ।त्यती नै यो व्यवस्थालाई मजबुद बनाउन पनि जिम्मेवार छन्। त्यसकारण डा.शशांक कोइरालाको यो आवाज हरेक निष्ठावान कार्यकर्ताको पक्षमा हो ।त्यसकारण यो कुरा भन्दा अतिरञ्जित पनि गरिएको छ तर सत्य सँधै तितो नै हुने गर्छ । र जित सत्य कै हुने गर्दछ। ̓

अर्का नेता पंकज सुवेदी ‘क्षेत्री’ पनि कोइरालाको सो भनाइमा कसैले नियोजित हमला गर्नु गलत भएको बताउँछन्। उनी भन्छन् ‘प्राक्टिकल’ कुरा गर्दा नेता लाई नियोजित हमला गर्नुको कुनै तुक छैन। ‘पोलिसी’ जे सुकै होस तर वास्तविकतामा चुनाव मा करोडौं खर्च हुने कुरा नकार्न कसैले सक्दैन।

मासु भातसँग भोट साट्ने प्रचलन समाजमा मौलाएको सत्यता कसैले नकार्न सक्दैन। खर्च गर्न सक्ने तर बोल्न नसकेको यथार्थ कुुराको आइस ‘ब्रेक’ डा.शशांक कोईराला ले गरिदिनु भएको छ।अब आजैबाट नेता अनि जनता दुवै सच्चिन आवश्यक छ।’

कोइराला निकट कै अर्का नेता पुजन गन्धर्व पनि उनको सो भनाइ आजको राजनीतिको यथार्थ रहेको बताउँछन्।

गन्धर्व भन्छन्, ‘नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले विगत लामो समयदेखि पटक पटक भन्दै आउनु भएको थियो। नेपालको सबै किसिमका चुनाव दिन प्रतिनिधि खर्चिलो बन्दै गएको छ। विचार, सिद्धान्त, एजेण्डा, योजना र कार्यक्रमहरुका आधारमा निर्वाचन जित्न कठिन बन्दै गयो। हामीले राजनीतिको मूलधारमा बसेर राजनीतिलाई स्वच्छ, सफा र जनमुखी बनाउन नसकेको हो कि ? भन्ने प्रश्न हामी सामु तेर्सिएको छ। त्यसकारण डा.सावको भनाइमा सत्यता रहेको छ। हामीले यो विषयको निकास खोज्नुपर्छ।’

कोइरालाको भनाइ उद्धृत गर्दै उनी भन्छन्, ‘म नेपाली कांग्रेसको महामन्त्री भइसकेको व्यक्ति, बिपी कोइरालाको पुत्र त्यसमाथि नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक विचार र गर्विलो इतिहास बोकेको पार्टीको तर्फबाट चुनाव लड्दा त हरेक निर्वाचनमा करौडौं खर्च हुन्छ भने सामान्य जनताका छोराछोरी चुनाव लड्दा के होला?’

सोही कुरा हिजो शनिवार पार्टीका नेता कार्यकर्ता माझ आसन्न स्थानीय निर्वाचनको सन्दर्भमा, निर्वाचन महंगो हुँदै गएको र पार्टीमा दुःख गरेका नेता,कार्यकर्ताहरुले निर्वाचनमा सहज ढङ्गले स्वच्छ प्रतिस्पर्धा गर्न पाउनु पर्छ भन्ने आशय रहेको गन्धर्वको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.