रोनाल्डोले माफी मागे

डिसी नेपाल
२७ चैत २०७८ १६:१७
324
Shares

काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको टोली म्यानचेस्टर युनाइटेडले भर्खरै एभर्टनसँग हार बेहोरेको छ । खेल सकिएपछि क्रिस्टियानो रोनाल्डो मैदानबाट फर्किंदै गर्दा रिसाएर एक फ्यानको फोन फुटाइदिएका थिए । अहिले रोनाल्डोले यसका लागि माफी मागेका छन् ।

क्रिस्टियानो रोनाल्डोले शनिबार ओल्ड ट्राफोर्ड मैदानमा यस्तो गरेका हुन् । जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियोमा रोनाल्डो पनि खोच्याउँदै हिँडिरहेका थिए । खेलको क्रममा उनी घाइते भएका थिए ।

यसैबीच, फर्कने क्रममा रोनाल्डोले भिडियो बनाउँदै आएका एक फ्यानको फोन फुटाइदिए । अहिले क्रिस्टियानो रोनाल्डोले इन्स्टाग्राममा पोस्ट गर्दै माफी मागेका छन् । उनले लेखेका छन् कि म आफ्नो रिसको लागि माफी माग्न चाहन्छु, साथै म त्यो समर्थकलाई खेल हेर्न बोलाउन चाहन्छु।

यस प्रतियोगितामा म्यानचेस्टर युनाइटेडको अवस्था खराब छ । टोलीलाई एभर्टनविरुद्ध जित आवश्यक थियो, तर त्यसो भएन।

अब म्यानचेस्टर युनाइटेड अंक तालिकाको ७ नम्बरमा पुगेको छ र च्याम्पियन्स लिगमा छनोट हुनबाट ६ अंकले पछाडि छ । गुडिसन पार्कमा भएको खेलमा एन्थोनी गोर्डनले आत्मघाती गोल गर्दै एभर्टनलाई जित दिलाए । योसँगै युनाइटेड अर्को सिजन च्याम्पियन्स लिगको छनोटबाट बाहिरिने खतरामा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *