महोत्तरीका कांग्रेस नेताहरूलाई के भने सभापति देउवाले ?

डिसी नेपाल
२७ चैत २०७८ १६:२०
152
Shares

महोत्तरी। आगामी स्थानीय तह निर्वाचनमा महोत्तरीमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा अलमल सिर्जना भएपछि केन्द्रमा पुगेका नेपाली कांग्रेसका नेताहरू छलफल गरेर काठमाडौंबाट गृहजिल्ला फर्किएका छन् ।नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादव, पूर्व महासमिति सदस्य चिरन्जीवी हमाललगायतका नेताहरू छलफलपछि आज जिल्ला फर्किने क्रममा छन् ।

       नेता चिरिन्जिवी हमाल

१५ वटै स्थानीय तहका सभापति, नेता, कार्यकर्ताहरूसँगको छलफलपछि केन्द्र पुगेका नेताहरूले जिल्लाका केही पालिकाहरू गठबन्धनको विपक्षमा रहेको रिपोर्ट गरेका थिए ।केन्द्रमा शशांक कोइराला, शेरबहादुर देउवा, पुर्णबहादुर खड्का लगायतका नेताहरूसँग गठबन्धनको विषयमा छलफल भएको सभापति यादवले जानकारी दिए ।

जिल्लाका केही पालिकाहरूले गठबन्धन नगर्ने सम्बन्धमा निर्णय गरे पनि पार्टीको नेतृत्व तह भने गठबन्धन गर्नुपर्ने पक्षमा रहेको सभापति यादवको भनाइ छ ।‘हामीले रिपोर्ट गरेपछि छलफल भइरहेको छ गठबन्धन त हुन्छ नै तर, कसरी र कुन मोडालिटीमा जाने भन्ने बिषयमा निश्कर्ष निक्लेको छैन ।’ सभापति यादवले भने ।

                                      नागेस्वर यादव सभापति महोत्तरी

नेता चिरन्जीवी हमालले पनि पार्टी गठबन्धन कै पक्षमा रहेको बताए । ‘गठबन्धन गर्नु भन्ने निर्देशन हुँदाहँुदै हामी त्यसलाई नकार्न पनि त सक्दैनौँ,’ हमालले भने ।हिजैमात्र गठबन्धन नगर्ने निर्णय गरेका बर्दिबास कांग्रेसमा पनि अलमल सिर्जना भएको छ । शीर्ष नेताहरूलाई भेटघाट गरेर फर्किएका नेताहरूले गठबन्धन हुने संकेत गरेपछि स्थानीय नेता कार्यकर्तामा पुनः निराशा देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.