प्रधानमन्त्री देउवाबिना माओवादीको भविष्य नभएको महासचिव पोखरेलको दाबी
काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाबिना माओवादी आन्दोलनको भविष्य नै छैन भनेर प्रचण्ड हिँडने गरेको टिप्पणी गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित स्थानीय निर्वाचन केन्द्रित प्रचार भेलामा उनले प्रचण्ड र नेपाललाई कांग्रेस सभापति शेरबहादुर देउवासँगै जान दिनुपर्ने बताए । तर, उनीहरूसँग भएका कार्यकर्तालाई भने एमालेमा जोड्न लाग्नुपर्ने उनको तर्क छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई कम्युनिष्ट आन्दोलनमा जोड्न आवश्यक नरहेको समेत उनले बताए ।राष्ट्रिय हितका पक्षमा आफ्नो अडान कायम राख्ने, केही हदसम्म भारत र चीनसँग नमिलेका विषय मिलाउने काम एमाले नेतृत्वको सरकारले गरेको उनको भनाइ छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले अन्तर्राष्ट्रिय रूपमा छवि राम्रो बनाउन सकेको नेकपा एमालेका महासचिव शंकर पोखरेलको दावी छ ।







डिसी नेपाल








Facebook Comment