इंग्लिस प्रिमियर लिग : सिटी र लिभरपुलले अंक बाढे
काठमाडौं। दुई पटक बनाएको अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले लिभरपुलसंग २-२ गोलको बराबरी खेल्दै अंक बाडेको छ।
आइतबार राति सिटीको घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले दुई पटक अग्रता बनाएको थियो। तर भ्रमणकारी टोली खेलमा फर्कन सफल भयो।
सिटीको लागि केभिन डि ब्रुएन र ग्राबियल जिससले गोल गरे भने लिभरपुलको लागि डिएगो जोटा र साडियो मानेले गोल गरे।
पाँचौं मिनेटमा डी ब्रुएनले सिटीलाई अग्रता दिलाए। १३औं मिनेटमा जोटाले बराबरी गोल गरे। ३६ औं मिनेटमा ग्राबियलले गोल गर्दा सिटीले पुनः २-१ को अग्रता बनायो। तर दोस्रो हाफ सुरु भए लगत्तै मानेले गोल गर्दै खेल २-२ को बराबरी ल्याए।
बराबरीसँगै सिटीले ३१ खेलबाट ७४ अंक जोड्दै शीर्ष स्थानमा छ। समान खेलबाट ७३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ।







डिसी नेपाल







Facebook Comment