लेभान्तेमाथि बार्सिलोनाको रोमाञ्चक जित

डिसी नेपाल
२८ चैत २०७८ ७:५४
48
Shares

काठमाडौं। रोमाञ्चक खेलमा लेभान्तेलाई ३-२ अन्तरले पराजित गर्दै स्पेनिस ला लिगामा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ। आइतबार राति भ्यालेन्सियामा भएको खेलमा क्याटलान क्लब बार्सिलोनाले १-० ले पछि परेको स्थितिमा खेल उल्टाउदै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो।

बार्सिलोनाको जितमा पिएरे इमेरिक औबामेयाङ, पेड्री र लुक डि जङले एक-एक गोल गरे। घरेलु टोली लेभान्तेका लागि जोसे लुइस मारालेस र गोन्जालो मेरेरोले एक-एक गोल गरे।

लेभान्तेले दुवै गोल पेनाल्टीमा गरेको थियो। रोजर मार्टीको अर्को एक पेनाल्टी भने बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले बचाउ गरेका थिए। जितसँगै बार्सिलोनाले ३० खेलबाट ६० अंक बनाउदै दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनि एक खेल बढी खेलेको सेभिया तेस्रो स्थानमा झर्‍यो।

७२ अंकको रियम मड्रिड शीर्ष स्थानमा रहेको छ । पराजित लेभान्ते भने २२ अंकसहित रेलिगेशन क्षेत्रमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *