गठबन्धनका गर्ने बिषयको प्रतिवेदन आज शिर्ष नेतालाई बुझाइँदै

डिसी नेपाल
२८ चैत २०७८ ८:३२
36
Shares

काठमाडौं। नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले गठन गरेको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिले पार्टीका शीर्ष नेतृत्व समक्ष आज प्रतिवेदन बुझाउने भएको छ।

कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको सो समितिले समितिले सबै दलको स्थानीय तहमा रहेको पछिल्लो वस्थाबारे सङ्कलन गरेको विवरणका आधारमा तयार पारेको सुझावसहितको प्रतिवेदन सोमबार शीर्ष नेतृत्वलाई बुझाउने भएको हो।

आइतववार पौडेलको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले देशभरका स्थानीय तहबाट आएको विवरणको आधारमा बनाएको प्रतिवेदन बुझाउन लागेको हो।

गठबन्धनमा आवद्ध दलहरु कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल आवद्ध दलहरु स्थानिय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय पछि उक्त प्रतिवेदन तयार पारिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.