सोमबार घट्यो सुनको मूल्य, प्रति तोला कति ?

डिसी नेपाल
२८ चैत २०७८ १०:४३
760
Shares

काठमाडौँ। साताकाे कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख १ सय रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला १ लाख १ सय रुपैयाँ रहेको पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज स्थिर रहेर सोहि  मूल्यमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.