उपकार लघुवित्तको २ लाख ३६ हजार २५० कित्ता आइपिओ भर्ने म्याद थप

डिसी नेपाल
२९ चैत २०७८ १०:२३
384
Shares

काठमाडौं। उपकार लघुवित्त वित्तीय संस्थाको आइपिओ भर्ने म्याद थप गरिएको छ। आइतबार राम नवमी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हुनाले कम्पनीले आइपिओ भर्ने म्याद १ दिन थप गरिएको हो।

कम्पनीले चैत २५ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा  २ लाख ३६ हजार २५० कित्ता आइपिओ बिक्री खुल्ला गरेको हो ।

कम्पनीले जारी गरेको आइपिओमध्ये ५ प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सामुहीक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । भने, बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जनाएको छ।

यस आइपिओमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्टले गर्ने भएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ। इक्रा नेपालले यस आईपीओलाई ‘इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.