आईपीएलः चेन्नई र बैंगलोरबीच प्रतिस्पर्धा हुँदै

डिसी नेपाल
२९ चैत २०७८ ११:१४
80
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ ।मुम्बईमा हुने खेलमा चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ। खेल साँझ ७ः४५ बजे सुरु हुनेछ। चेन्नई साविकको विजेता पनि हो। तर यो सिजन चेन्नई खराव लयमा देखिएको छ।

चेन्नईले अघिल्लो खेलहरुमा लगातार ४ खेलमा हार व्यहोरेको छ । त्यसैले चेन्नई आज पहिलो जितको खोजीमा रहेको छ । बैंगलोर भने चौंथो जितको योजनामा रहेको छ । बैंगलोरले यसअघि खेलेको ४ खेलमा तीनमा विजय हुँदै ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *