माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित ‘एमबीएल एम स्मार्ट’

डिसी नेपाल
२९ चैत २०७८ १२:३९
52
Shares

काठमाडौं । बैंकिङ क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरुसहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबीएल एम स्मार्टको सुरुवात गरेको छ ।

यसअघि माछापुच्छ्रे मोबाइल मनी (एम३) को रुपमा सञ्चालनमा रहेका मोबाइल बैंकिङ एपलाई बैंकले ओएमएनआई च्यानलमा आधारित परिस्कृत र परिमार्जित गरी एमबीएल एम स्मार्टको रुपमा शुभारम्भ गरेको हो ।

विभिन्न नयाँ सुविधा सहित शुभारम्भ गरिएको एमबीएल एम स्मार्ट एपमा आफैंले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिस्ट्रेसन गर्न सकिने मोबाएलबाटै खाता खोल्न सकिने, मोबाइल फोनबाट नै लोन लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमा नै हेर्न सकिने, क्यूआर स्क्यान गरी क्यूआर भुक्तानी गर्न मिल्ने, विभिन्न मोबाइल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति-पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधा उपलब्ध रहेको बै‌ंकले जनाएको छ ।

एमबीएल एम स्मार्टलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप सञ्चालनमा ल्याएको बैंकको भनाइ छ ।

समय सापेक्ष आफ्ना सेवा सुविधालाई थप पस्किृत र परिमार्जित गर्दै लैजाने रणनिती तथा ग्राहकलाई पूर्णरुपमा डिजिटल सेवाहरु प्रदान गर्ने लक्ष्यसहित अगाडि बढिरहेको माछापुच्छ्रे बैंकले ‘वि च्यान पे’ को पनि सुरुवात गरेका थियो ।

त्यस्तै आर्टिफिसियल इन्टेलेजेन्सीमा आधारित च्याटबट “माया” पनि माछापुच्छ्रे बैंकले नै शुभारम्भ गरेको हो । बैंकले ओम्नी च्यानलमा आधारित अत्याधुनिक कल सेन्टर, व्यक्तिगत तथा कर्पोरेट इन्टरनेट बैंकिङ, आफ्नै वालेट, लगायतका यस्ता थुप्रै सुविधाहको माध्यमबाट ग्राहकहरु बैंक आउनै पर्ने बाध्यता कम गर्दै लगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.