वर्षको अन्तिम दिन बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
३० चैत २०७८ १०:५०
356
Shares

काठमाडौँ। यस वर्षको अन्तिम दिन पनि सुनको मूल्य बढेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज ६ सयले बढेर प्रति तोला १ लाख १ हजार ५ सय रुपैयाँ रहेको पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँ पुगेको छ।  चाँदी प्रति तोला २० रुपैयाँले बढेको हो। मंगलबार चाँदी प्रति तोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.