गर्मीमा लौकाको जुस पिउनूहोस्, बच्नुहोस् यी समस्याबाट

डिसी नेपाल
३० चैत २०७८ ११:१४
152
Shares

काठमाडौं । लौका तरकारी खाने एक प्रकारको सब्जी हो । विश्वका प्रायः सबै ठाउँमा लौकाको उत्पादन हुन्छ । लौका धेरै थरीका हुन्छन् । लौका मानव स्वास्थ्यलाई निकै फाईदाजनक छ। यसका साथै लौका औषधि पनि हो । आज हामी लौकाको जुसको बारेमा बताउँदैछौं ।

सामान्यतया मानिसहरुको बिहान उठ्ने बित्तिकै चिया वा कफी पिउने गर्दछौं । बिहान उठेर चिया वा कफी पिउनु स्वास्थ्यको लागि राम्रो मानिदैँन । बिहान चिया वा कफीको बदलामा लौकाको जुस खाने गर्नाले हाम्रो शरीरलाई धेरै फाइदा हुने गर्छ। लौकामा पित्त, कफनासक, रुचिनासक गुण हुन्छ । लौकाको जुस ज्वरो, खोकी, मुटुको विकार, गर्भाशयसम्बन्धि सबै रोगको लागि लाभदायक हुने गर्दछ ।

यस्ता छन् लौकाको जुस खानुका फाइदाहरु

तौल कम गर्न सहयोग गर्छ– मोटोपनको समस्या हुनेहरूका लागि नियमित लौकाको जुस खानु राम्रो मानिन्छ। लौकामा प्रशस्त मात्रामा पानी र फाइबर हुने भएकाले यसको जुस सेवन गर्नाले भोक कम लाग्ने भएकाले खानेकुरा कम खाइने भएकाले शरीरमा तौल बढ्न दिँदैन।

कब्जियतको समस्याबाट बचाउँछ – यदि तपाईंलाई कब्जियतको समस्या छ भने नियमित रूपमा लौकाको जुस खानु राम्रो मानिन्छ। लौकामा प्रशस्त मात्रामा फाइबर हुने भएकाले हामीले खाएको खानेकुरालाई राम्रोसँग पचाउने गर्छ।

पिसाबको संक्रमणबाट बचाउँछ –युरिनमा एसिडको मात्रा धेरै हुनाले पिसाब पोल्ने गर्छ तर लौकामा एसिड कम गराउने खनिज तत्त्व हुने भएकाले पिसाब पोल्ने तथा पिसाब फेर्न गाह्रो हुने समस्या भएकाहरूका लागि लौकाको जुस राम्रो मानिन्छ। लौकाको रस निकालेर एक चिम्टि सिधे नुन र कागतीको रस मिलाएर दैनिक बिहान पिउनाले मुत्रनली खुलेर आउँछ र मुत्रनलीको दुःखाई हराएर जान्छ ।

एलर्जीबाट बचाउँछ – एलर्जीको समस्या हुनेहरूका लागि नियमित रूपमा लौकाको जुस खानु राम्रो हुन्छ। लौकाको जुसमा प्रशस्त मात्रामा प्राकृतिक ग्लुकोज हुने हुनाले शरीरलाई शक्ति प्रदान गर्छ। यस्तै, लौकामा धेरै कार्बोहाइड्रेड हुने भएकाले नियमित लौकाको जुस खानु फाइदाजनक मानिन्छ।

पानीको मात्रा कम हुन दिँदैन–लौकामा ९८ प्रतिशत पानीको मात्रा हुने भएकाले नियमित लौकाको जुस खाने गर्नाले शरीरमा पानीको मात्रा कम हुन दिँदैन। लौकाको रसमा ९८ प्रतिशत पानी र बाँकी एन्टिअक्सिडेन्ट हुन्छ, जसले शरीरभित्रको टक्सिनलाई बाहिर निकाल्छ र भित्री शरीरको फोहोर सफा हुन्छ।यसका साथै यस्तै, नियमित लौकाको जुस खाने गर्नाले शरीरमा हुने विभिन्न खालका गन्धहरूलाई कम गर्ने गर्छ।

रगतमा खराबी– यदि तपाईलाई रगतमा केही समस्याहरु देखाई रहेको छ भने आधा गिलास लौकाको जुसमा थोरै मिश्री मिलाएर बिहान बेलुका पिउनाले रगतको विकार कम हुदै जान्छ ।

दाँतको दुःखाई– दातको दुःखाईको समस्या भएमा १ सय ग्राम लौकाको गुदी र २५ ग्राम पिसेको लसुन १ लिटर पानीमा उमाल्ने । आधा नहुञ्जेल यसलाई उमालिरहने । त्यसपछि यसलाई जाली कपडाले छान्ने। छानेको पानीले कुल्ला गर्ने। दिनमा २९३ पटक यसो गर्नाले दाँतको दुःखाई कम हुन्छ ।

मुटुको रोग–मुटु रोगीले लौकाको तरकारीका साथसाथै १०-२० मि.ली. लौकाको जुस दिनहुा बिहान पिउनाले फाइदा गर्छ ।

पिलो– गर्मीको महिनामा धेरैलाई पिलोले सताउने गर्दछ । यस्तो अवस्थामा पिलो भएको व्यक्तिले दैनिक १५-३० मि.ली. लौकाको जुसमा थोरै मिश्री घोलेर २–३ पटक पिउनाले फाइदा गर्दछ।

अनिन्द्रा– लौकाको रसमा थोरै तिलको तेल मिलाउने। सुत्नुभन्दा पहिला टाउकोमा राम्रोसाग मालिस गर्ने। केहि दिनपछि राम्रोसाग निन्द्रा लाग्न थाल्छ।

रक्तश्राप– रक्तश्रापमा पनि लौका लाभदायक छ। शरीरको कुनै भागमा रगत बगिरहेको अवस्थामा लौकालाई ताछेर ताछेको बोक्रा पिसेर त्यस ठााउमा लगाउने र पट्ट बााध्ने। यसले बगेको रगत रोकिन्छ। यसका साथै लौकाको रस पनि पिउने।

ज्वरो, पित्त र बाथ– ज्वरो आएको बेला २० मि.ली.लौकाको रसमा थोरै मिश्री मिलाएर सेवन गर्दा लाभ हुन्छ । यसले बात, पित्तको समस्यामा पनि लाभ पुग्छ ।

गर्भाशय सम्बन्धि समस्या– गर्भाशयसम्बन्धि समस्यामा लौकाको रस निकै लाभदायक मानिन्छ। पटक पटक गर्भपतन हुने महिलाहरूले लौकाको रस तथा तरकारीका रूपमा अवश्य खान आवश्यक हुन्छ । यसले गर्भाशय मजवुत भई गर्भपतन हुने समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.