फ्लोर सिटबाट ब्रोकर र कारोबारीको क्रम संख्या हटाउन धितोपत्र बोर्डको निर्देशन

डिसी नेपाल
३० चैत २०७८ १३:३९
80
Shares

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लाई कारोबार समयमा फ्लोर सिटबाट ब्रोकर र सेयर कारोबारीको क्रम संख्या हटाउन निर्देशन दिएको छ। बोर्डले चैत ३० गते पत्राचार गर्दै कारोबार समयमा फ्लोर सिटबाट ब्रोकर र सेयर कारोबारको क्रमसंख्या खुल्ने विवरण हटाउन नेप्सेलाई निर्देशन दिएको हो ।

हाल नेप्सेको वेवसाइटमा रहेको फ्लोर सिटबाट ब्रोकर तथा सेयर कारोबार गर्नेको क्रम संख्या खुल्ने विवरण देखिने व्यवस्था छ । फ्लोरसिटबाट उक्त विवरण हटाउन सरोकारवाला पक्षबाट बोर्डमा सुझाव तथा गुनासो आएसँगै बोर्डले धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकुल नहुने गरी बोर्डले उक्त विवरण अब कारोबार समयपछि मात्रै हेर्न मिल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.