दुई जलविद्युत कम्पनीले पाए आइपिओ जारी गर्ने अनुमति
काठमाडौँ। नेपाल धितोपत्र बोर्डले दुई जलविद्युत कम्पनीलाई आइपिओ जारी गर्न अनुमति प्रदान गरेको छ। विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दी खोला जलविद्युत कम्पनीले आइपिओ जारी गर्न अनुमति प्राप्त गरेको हो।
बोर्डको अनुमति पाएसँगै विन्ध्यवासिनी हाइड्रोपावरले २५ लाख कित्ता आईपीओ जारी गर्ने छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित २५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति पाएको हो। कम्पनीले कुल पूँजीको २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। संस्थाको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।
यसैगरी, दोर्दी खोला जलविद्युत कम्पनी कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित २९ करोड ५१ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति पाएको हो। कम्पनीले कुल पूँजीको २८ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। संस्थाको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।







डिसी नेपाल








Facebook Comment